३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

नवनिर्मित बाल मैत्री र अपाङ्गता मैत्री शौचालय विद्यालयलाई हस्तान्तरण



सर्लाही । सर्लाहीको चन्द्रनगर गााउँपालिकाको मन्वय सहकार्यमा सिकाई परियोजनाको आर्थिक प्राविधिक सहयोगमा विद्यालयमा सौचालय निर्माण हस्तान्तरण गरिएको ।

श्री मरिचीमान सिङ्ह जनता माध्यमिक विद्यालय, कामदमा तीन कोठे शौचालयको निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिएको हो ।

उक्त शौचालय गाउँपालिकाको समन्वय सहकार्यमा सिकाई परियोजनाको आर्थिक प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको छ । यस विद्यालयको आवश्यकतामा भएको महत्त्वपूर्ण सहयोग सहकार्यको लागि सिकाई परियोजनालाई चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले धन्यवाद व्यक्त गरेका छन् ।

विद्यालयलाई आवश्यक नवनिर्मित बालमैत्री र अपाङ्गतामैत्री शौचालय हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै अन्य सहयोग अपेक्षा गरिएको पनि अध्यक्ष महतोले बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १० : ०२ बजे