२६ असार २०८३, शुक्रबार Sat Jul 11 2026

असार २ गते गर्ने भनिएको बालिका सम्मेलन आगामी असोज २४ मा हुने



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सन् २०३० सम्ममा बालविवाह योजनाका साथ यहीं असार दुई गते नाढीमन ताल परिसरमा बालिका सम्मेलन गर्ने सम्पूर्ण पूरा गरिसकेको जनाएको छ ।

नेपालका ७५३ वटै स्थानीय सरकारमध्ये सर्लाहीको चन्द्रनगर गाउँपालिकाले पहिलो पटक बालिका सम्मेलन आयोजना गर्ने तयारी पुर गरेको बताएको छ ।

सो बालिका सम्मेलनमा संघीय, प्रदेश र स्थानीय सरकार, राष्ट्रिय योजना आयोग, जिल्ला समन्वय समिति, मानवअधिकार आयोग, प्रहरी, जनप्रतिनिधि, महिला अधिकारकर्मी, सञ्चारकर्मी, सामाजिक अभियन्ता, विकासका साझेदार संस्था, धार्मिक अगुवा, जातीय मान्यजन, अभिभावक, बालबालिकालगायत सहभागी गराउन लागेको गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्योसँगै आर्थिक वर्ष ०७९÷८० को गाउँसभाले समेत पारित गरेको र गाउँपालिकाको वार्षिक बजेटमा समेत उल्लेख गरिएको उक्त बालिका सम्मेलन केही जनप्रतिनिधि र राजनीतिक पूर्वाग्रहका कारण हुन नदिएकोमा गाउँपालिकाले दुःख प्रकट गरेको छ ।

बालविवाहको अन्त्य गर्नको लागि जनचेतनामुलक बालिका सम्मेलन गर्न लागिकोमा राजनीतिक पूर्वाग्रहका कारण गर्न नदिनु भनेको बालिका विरोधी, महिला अभियान विरोधी र समाज रुपान्तरण विरोधी क्रियाकलाप भएको भन्दै गाउँपालिका अध्यक्ष राजकुमार महतोले आपत्ति प्रकट गरेका छन् ।

असार दुई गते गर्ने भनिएको बालिका सम्मेलन केही जनप्रतिनिधि र राजनीतिक पूर्वाग्रहका कारण रोकिएकाले आगामी असोज २४ गते गर्ने गरी स्थगित गरिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ९ : ४२ बजे