४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव भुजेल नियुक्त



काठमाडौं । सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्तावमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव भुजेललाई अध्यक्ष तोक्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन्।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  २ : ४३ बजे