३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

नेपाल किसान महासंघद्वारा भारतीय विस्तारबाद रोक्न चेतावनी दिँदै मसाल जुलुस प्रदर्शन



काठमाडौं । नेकपा एमाले निकट नेपाल किसान महासंघले काठमाडौंको बिजुली बजारमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

महासंघले सरकारले रेशम चौधरीलाई रिहाइ गरेको र नागरिकता विद्येयक प्रमाणिकरण गरेको भन्दै विभिन्न विरोधका कार्यक्रमअन्तर्गत मसाल जुलुसप्रदर्शन गरेको हो ।

त्यसैगरी महासंघले भारतले नेपालमा हस्तक्षेप गरेको भन्दै विरोध जनाएको हो । उसले भारतीय विस्तारवाद भएको भन्दै कडा शब्दमा विरोध जनाएको हो ।

आज साँझ भएको विरोध मसाल जुलुसमा भारतले नयाँ संसद भवनमा नेपालको भूभागसमेत रहेको नक्सा राखेको भन्दै कडा विरोध जनाएको छ ।

त्यस्तै सरकारले भारत भ्रमणकै दिन नागरिकता विद्येयक जारी गरेको भन्दै सरकारप्रति पनि उनीहरुले विरोध जनाएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ९ : २३ बजे