काठमाडौं । नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका हुन् ।
उपाध्यक्ष युवराज ज्ञवालीले बैठक यही जेठ १९ गते बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको बताए ।
उनका अनुसार बैठकमा गएको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेताहरुको कार्याविभाजन र आगामी कार्यक्रमहरुको कार्ययोजना तयार गर्ने बताए ।

