३० असार २०८३, मंगलबार Tue Jul 14 2026

सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाइने छ : अर्थमन्त्री महत



काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाउने चुनौतीको सामना गर्ने गरी बजेट तर्जुमा गरिएको बताएका छन्।

सङ्घीय संसद्को बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री डा महतले सार्वजनिक वित्त प्रणालीमा सुधारलाई बजेटको एक प्राथमिकताका रुपमा समावेश गरिएको जनाए ।

प्रशासनिक लगायतका साधारण खर्च कूल बजेटको ७३ दशमलव १० प्रतिशत विनियोजन गर्दा पूँजीगत खर्चमा चाप परेको बताए ।

उनले सार्वजनिक प्रशासनलाई व्यावसायिक र प्रभावकारी बनाउने चुनौतीका बाबजुद सरकारका प्रयासले सकारात्मक सङ्केत देखा परेको उल्लेख गरे ।

उनले साधारण खर्चलाई सीमाभित्र राखी सार्वजनिक प्रशासनलाई प्रभावकारी र उपलब्धिपूर्ण बनाउने गरी बजेट तर्जुमा गरिएको जानकारी गराए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ५ : २८ बजे