३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

नर्सहरुद्वारा माईतिघरमा विरोध प्रदर्शन



काठमाडौं । सामाजिक सञ्जालमार्फत आफुहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरु आन्दोलित भएका छन् । विभिन्न बहानामा नर्सहरुलाई चरित्र हत्या गर्न खोजिएको, दमन गर्न खोजिएको र काम अनुसारको सेवा सुविधाबाट बञ्चित गरिएको भन्दै भन्दै काठमाडौंको माईतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले कसैको चरित्र हत्या गर्न पाईदैन, नर्सहरुमाथिको दमन आखिर कहिलेसम्म, के

नर्सहरुमाथि अत्याचार गर्न पाईन्छ ? नर्स क्षेत्रमा सुरक्षा प्रत्याभूति गरियोस लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै प्रदर्शनमा सहभागीहरुले सामाजिक सञ्जालमा नर्सहरुको चरित्र हत्या गर्ने भिडियो सार्वजनिक भएको र यसले समग्र पेशा नै बदनाम गर्न खोजिएको गुनासो गरेका छन् । उनीहरुले केहि व्यक्ति गलत हुनसक्ने भएपनि समग्र नर्सिङ पेशा गलत नभएको जनाएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  १ : ५५ बजे