जनकपुरधाम । आज मधेश प्रदेशसभाको बैठक बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले वैठक दिउँसो १ बजे बस्ने जानकारी दिए ।
बैठकमा भौतिक पूर्वाधार मन्त्रालयले तयार पारेको यातायातसम्बन्धी विधेयकसहित चारवटा विधेयक पेश गर्ने तयारी छ । अघिल्लो सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको पालामा सो विधेयक तयार पारिएको थियो ।
त्यस्तै बालबालिका संरक्षण र प्रदेश प्रशासनसम्बन्धी विधेयक पेश हुने सम्भावित कार्यसूची रहेको सचिव यादवले जानकारी दिए। लामो समयदेखि वैठक बस्न नसक्दा मधेस प्रदेश सभाका सदस्य विजनेशविहीन बनेका थिए ।

