३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

विद्यालय पढ्ने ठाउँ हो, विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ : बालेन शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिद्यालयमा राजनीतिक गर्न पाउनु पर्ने भन्दै ताला लगाउने प्रयास बिफल भएको बताएका छन् ।

नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले महानगरपालिकाको शिक्षा बिभागमा लगाएको ताला फुटाए पछि मेयर शाहले बिद्यालयमा राजनीति बर्जित गरिएकोसमेत जनाएका छन् ।

‘विद्यालय पढ्ने ठाउँ हो, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ,’ मेयर साहले शुकबार बिहान भनेका छन, ‘यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छ।’

महानगरपालिकाले गत म‌गलबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको राजनीतिक कार्यक्रम गरे र गराउने अनुमति दिने प्रधानाध्यापकलाई बिभागीय कारबाही गर्ने चेतावनीसहित परिपत्र जारी गरेको थियो ।

उक्त परिपत्र जारी भए पछि नेकपा बहुमत निकट बिद्यार्थी संगठनले हिजो महानगरको शिक्षा बिभागमा तालाबन्दी गरेका हुन्, जुन तालाबन्दी हिजो नै तोडिएको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १२ : ४६ बजे