१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

उचित खेल मैदान नभएपछि खेलाडीहरु कर्णालीको बालुवामा खेल्न वाध्य



कैलाली ।कैलालीको मोहन्याल गाउँपालिका खेल मैदान नहुँदा खेलाडीहरु कर्णाली छेउछाउको बालुवामा फुटबल खेल्न वाध्य छन् । उपयुक्त खेलमैदानको अभावमा गाउँपालिकाको वडा नम्बर ६ स्थित सोल्टामा कर्णाली छेउछाउको बालुवामा फुटबल खेल्न खेलाडीहरु बाध्य भएका हुन् । यो समस्या वडा नम्बर ६ मा मात्र नभएर मोहन्याल गाउँपालिकाका सबै ठाउँमा उपयुक्त खेलमैदान नभएको जनाइएको छ ।

न्यू भीजन स्पोर्ट्स क्लबका अध्यक्षका अनुसार आफुहरुले निरन्तर खेलमैदानका लागि विभिन्न तहका सरकारसँग पहल गरिरहेका तर सरकारले भने त्यसमा पटक्कै ध्यान नदिएको गुनासो पोख्छन् ।

उनी भन्छन्, ‘यो क्षेत्रबाट हाल प्रतिनिधि सभा सदस्यमा अरुण कुमार चौधरी निर्वाचित भएका छन् भने हालका सुदुरपश्चिमका प्रदेशका मुख्यमन्त्री पनि यसै क्षेत्रबाट निर्वाचित भएका हुन्।’ तस्विरमा देखिएको दृश्य मोहन्याल ६ सोल्टाको कुनै खेलमैदान होइन यो त खाली कर्णाली नदीको छेउ हो । जहाँ बर्खाको समय पानीले भरिभराउ हुन्छ ।

खेलाडीहरु र क्लबका अनुसार मोहन्यालमा खेलकुद बिकाश नहुनुका मुख्य दुई कारण निम्नानुसार रहेका छ्न् । मोहन्यालमा उचित खेल मैदान र प्रशिक्षण केन्द्रहरूको सुविधा भने छैन । खेलकुद पूर्वाधारको अभावले महत्वाकांक्षी खेलाडीहरूलाई आफ्नो सीप विकास गर्न र उच्च स्तरमा प्रतिस्पर्धा गर्न गाह्रो बनाई रहेको क्लबका अध्यक्ष बताउँछन् ।

त्यस्तै सरकारको लगानी शून्य बराबरमा खेलकुद विकासका लागि धेरै लगानी चाहिन्छ र तिनै तहका सरकारबाट मोहन्याल गाउँपालिकामा खेलकुद कार्यक्रमहरूको लागि लगानी शून्य छ। सीमित स्रोतहरूले उपकरण, कोचिङ, र अन्य आवश्यक स्रोतहरूको अभाव भैरहेको न्यु भीजन स्पोर्ट्स क्लब का अध्यक्ष बताउँछन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : ५९ बजे