३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको भएको छ । प्रधानमन्त्री प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार दुई नेताबीच सिंहदरबारमा भेट भएको हो ।

नेकपा ९माओवादी केन्द्र०का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटमा प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका मुद्दामा सहमति जुटाउने प्रयासस्वरुप छलफल भएको छ ।

यसअघि बुधबार बसेको संवैधानिक परिषदको बैठकमा संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रस्ताव गरे पनि अध्यक्ष ओलीले असहमति जनाएका थिए । त्यसक्रममा ओलीले संसदीय समितिको पूर्णता दिएर मात्रै प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया सुरु गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ३ : ५८ बजे