काठमाण्डौ । महालेखा परीक्षकको कार्यालयले तेह्रथुमको आठराईमा र प्युठानका दुईवटा पालिकामा सबैभन्दा धेरै बेरुजु भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
महालेखा परीक्षकको कार्यालयले ६० औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो पत्ता लगाएको हो । महालेखाको प्रतिवेदनमा एक वर्षमै सरकारको बेरुजु रकम एक खर्ब १९ अर्ब रुपैयाँ पुगेको जनाएको छ । यस्तै पालिकामा पनि बेरुजु चुलिएर ४२ अर्ब ८८ करोड नौ लाख रुपैयाँको चाङ लागेको छ । पालिकामा बैभन्दा धेरै तेह्रथुमको आठराई गाउँपालिकामा २० दशमलव २१ प्रतिशत बेरुजु भेट्टिएको छ ।
त्यसैगरी प्युठानका दुई पालिकाले देशभरमै सबैभन्दा धेरै बेरुजु देखाएर उत्कृष्टता हासिल गरेका छन् । उता प्युठानका मल्लरानी र सरुमारानी गाउँपालिकामा भने बेरुजु शून्य रहेको महालेखाको प्रतिवेदनले देखाएको छ । त्यसैगरी प्रदेशतर्फ सबैभन्दा धेरै बेरुजु कर्णालीमा र सबैभन्दा कम गण्डकीमा रहेको महालेखाले निष्कर्ष निकालेको छ ।

