२७ असार २०८३, शनिबार Sat Jul 11 2026

समीट अपार्टमेन्ट निर्माण प्रक्रियामा संलग्नलाई कारबाही गर्न तोसिमाको माग



काठमाडौं ।सांसद् तोसिमा कार्कीले ललितपुरको बखुण्डोल हाइटमा समीट अपार्टमेन्ट निर्माण प्रक्रियामा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् ।

बुधबार संसद्मा बोल्दै कार्कीले स्थानीयको स्वीकृत बेगर नक्सापास बिनै भवन निर्माण भइरहेकाले संसदीय समिति बनाएर छानविनको माग गरेकी हुन् । उनले भनिन्,’वरपरका घरहरूमा पूर्णरुपमा क्षति पुगेको छ। भाँसिने चर्किने क्रम जारी छ । स्थानीयले पटकपटक उजुरी दिएपनि कारबाही हुन सकेको छैन । ’

उनले अपार्टमेन्ट निर्माण प्रक्रियाको बैधानिकता खोज्नुपर्ने माग गरिन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ४ : २६ बजे