२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

दुर्गा प्रसाईसँग दुई करोड माग्ने रास्वपाका सांसद श्रेष्ठ पार्टीबाट निलम्बित



काठमाडौं । स्वास्थ्यमन्त्री बन्न भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ एक साताका लागि पार्टीबाट निलम्बित भएका छन् । आइतबार सामाजिक सञ्जालमा श्रेष्ठले मन्त्री बन्न भन्दै रास्वपाका सभापति रवि लामिछानेलाई दुई करोड त्यो पनि उधारो होइन, हाताहाती चाहिने भन्दै प्रसाईसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पार्टीले सांसद श्रेष्ठलाई एक साताका लागि निलम्बन गरेको जानकारी दिए । अडियो टेप सार्वजनिक भएसँगै रास्वपा आन्तरिक छलफलमा जुटेको छ । यदि सो टेपमा उल्लेख भएको संवाद श्रेष्ठकै भएको पुष्टि भएमा रास्वपाले उनलाई कारबाही गर्ने भएको छ ।

श्रेष्ठको अडियो कपुरबोट टिभीले आइतबार सार्वजनिक गरेको हो।अडियोमा वर्तमान सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको भन्दै श्रेष्ठले प्रसाईंसँग लेनदेनको बार्गेनिङ गरेका छन्। प्रसाईंले पनि दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने, तर पछि आफ्नो काम गरिदिनुपर्ने सर्त राखेको अडियोमा सुनिन्छ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ४ : ५३ बजे