५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

कोटेश्वर क्याम्पसका अनुसन्धान एवं अंग्रेजी विभाग प्रमुख ढकाल सम्मानित



काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसका अनुसन्धान एवं अंग्रेजी विभाग प्रमुख सेदु ढकाल सम्मानित भएका छन् । राजधानीमा आयोजना गरिएको नेपाल पब्लिक क्याम्पस संघको १२ औं महाधिवेशनमा प्राध्यापन र अनुसन्धानका माध्यमबाट सामुदायिक क्याम्पसको विकासमा खेलेको भूमिकाको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

ढकालले कोटेश्वर क्याम्पसको अंग्रेजी र अनुसन्धान विभाग प्रमुखको समेत जिम्मेवारी सम्हालिरहेका छन् । क्याम्पसमा अध्यापनरत प्राध्यापक र विद्यार्थीहरुलाई अनुसन्धानमा लाग्न प्रेरित गरिरहेका ढकालले दर्शनाचार्य (एमफिल) उपाधि हासिल गरेका छन् ।

एमफिल उर्तीण गरेर अनुसन्धानको माध्यमबाट गुणस्तरीय शिक्षाको विकासमा योगदान गरेकोमा संघले ढकाललाई कदर पत्र प्रदान गरेको छ । ढकाल सम्मानित भएकोमा कोटेश्वर क्याम्पस परिवारले खुशी व्यक्त गर्दै बधाई ज्ञापन गरेको छ । उनी बिगत एक दशकभन्दा लामो समयदेखि कोटेश्वर क्याम्पसमा प्राध्यापनरत् छन ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : १३ बजे