४ बैशाख २०८३, शुक्रबार Sat Apr 18 2026

कांग्रेस संस्थापन इतर पक्षको सांसद बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समुहले आफु पक्षको सांसद बैठक बोलाएको छ । पार्टीभित्र मन्त्रालय भागबण्डामा विमति जनाएर मन्त्रीको नाम नपठाएको उक्त समूहले आज सांसदहरुसँग छलफल गर्न लागेको हो ।

शेखर गगन समूहका एक पदाधिकारीका अनुसार दिउँसो सांसदहरुसँग छलफल गरिने भएपनि समय र स्थान तय भइसकेको छैन । कांग्रेसभित्र गुटगत विवादका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सातौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि पूर्णता दिन सकेका छैनन् ।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकासमा सीता गुरुङ नियुक्त भएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : १६ बजे