काठमाडौं । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायी अञ्जन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । आगामी चैत २८ र २९ गते हुने निर्वाचनका लागि श्रेष्ठले मंगलबार आधिकारिक रूपमा उम्मेदवारी दर्ता गरेका हुन् ।
महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । यसपटक महासंघको वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले पनि प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।
महासंघको उपाध्यक्षका लागि ५० प्रतिशत मत ल्याउनै पर्ने प्रावधान छ । तर तीनैजना उम्मेदवार बलियो भएकाले पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत ल्याउन सक्ने अवस्था छैन । त्यसैले महासंघको वरिष्ठ उपाध्यक्षको छिनोफानो दोस्रो चरणको निर्वाचनले गर्ने आकलन गरिएको छ ।
महासंघमा अञ्जन र उमेशलालको वस्तुगततर्फ बराबरी मत छ । तर एसोसिएटतर्फ संघाई बलिया उम्मेदवार हुन् ।

