३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछानेले गराए उम्मेदवारी दर्ता



काठमाडौं । चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । लामिछानेले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए ।

सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचमा यस क्षेत्रमा १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन्।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  २ : ५४ बजे