काठमाडौं । नेपाल पर्यटन बोर्डको सहयोगमा “पर्यटन महोत्सव ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना गरिने भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ को आयोजना गरिएको हो ।
पर्यटनको नीतिगत बहस र पैरवी गर्नका लागि नेपाल टुरिज्म फेस्टिभल २०२३’को आयोजना गर्न लागिएको जनाइएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यटन प्रवद्र्धन (एनटिपी) मल्टिमिडिया ग्रुपको आयोजनामा आगामी वैशाख १ र २ गते महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा गर्ने भएको छ ।
काठमाडौँको वसन्तपुरमा नयाँ ढंगले पर्यटन प्रवद्र्धन गर्नुका साथै पर्यटनको नीतिगत बहस तथा छलफल गर्न महोत्सवको आयोजना गर्न लागिएको एनटिपीका अध्यक्ष विष्णुबहादुर विश्वकर्माले बताएका छन् । उनी भन्छन्, ‘वैशाख १ गतेलाई आन्तरिक पर्यटन दिवसका रुपमा मनाउने त्यसपछि महोत्सवको आयोजना गर्न लागिएको हो ।’
महोत्सवका माध्यमबाट पर्यटनको नीतिगत सुधारमा सरोकारवालाको धारणासहित दीगो पर्यटन विकासका निम्ति महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले लिएका छन् ।
नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन नीतिलाई समय सहाउँदो बनाउन बहस र पैरबी गर्दै पर्यटनको नीति र योजना बनाउन महोत्सव सार्थक हुने दावी गरेका छन् । महोत्सवमा विभिन्न बिदाको पर्यटन केन्द्रित दश ‘सेसन’ सञ्चालन हुनेछन् ।
महोत्सको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुहुनेछ भने अन्तिम सेसन ‘पर्यटनमा राजनीति स् मिसन, भिजन र भिजिट नेपाल’ शीर्षक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको हुने आयोजकले जनाएको छ ।
‘घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने’ मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवको अन्य सेसनमा ‘पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास’, स्वास्थ्य पर्यटन, चलचित्र पर्यटन, पर्यटनमा जलवायु परिवर्तनको असर र हिमाल सेसन चलाइने बताइएको छ ।
Enter
Write to Nan Suu Thakuri

