२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

श्रम मन्त्रालयको जिम्मेवारीमा लोसपाका शरदसिंह भण्डारी



काठमाडौं । सत्तागठबन्धनले मन्त्रालयको बाँडफाँट गर्दा एक भाग पाएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बरिष्ठ नेता शरदसिंह भण्डारीलाई पठाउने भएको छ । आफ्नो पार्टीले पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भण्डारीलाई पठाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका छन् ।

चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एक दुई वटा मन्त्रालयमा केही मिलाउन बाँकी भएपनि धेरैभन्दा धेरै विषय मिलिसकेको दाबी गरेका छन् । ‘थोरै मिलाउन बाँकी छ। धेरै टुंगिएको छ। यो हामी सबैको लागि खुशीको कुरा हो ।,’ प्रचण्डले भने ।

प्रचण्ड सत्ता गठबन्धनको बैठकमा सहभागी भएर हेलिकोप्टरमार्फत चितवन गएका थिए । उनी काठमाडौं फर्किएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । गठबन्धनको बैठक आज दुई बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  २ : १२ बजे