५ बैशाख २०८३, शनिबार Sun Apr 19 2026

प्रचण्डले आजै मन्त्रीहरुको सपथ गराउने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गरेर सपथसमेत गराउने तयारी गरेका छन् । आज दिउँसो दुई बजेका लागि तय भएको बैठकबाट मन्त्रीहरुले पाउने मन्त्रालयको टुंगो लगाउने र आजै मन्त्रीहरुको सपथ गराउने उनको तयारी भएको हो ।

नेपाली कांग्रेसबाट उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी पार्टी उपसभापति पूर्णबहादुर खड्काले पाउने भएका छन् भने हाल भौतिक पुर्वाधार तथा यातायातमन्त्री रहेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् ।

त्यसैगरी पार्टी प्रवक्ता रहेका डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने भएका छन् । कांग्रेसको भागमा ८ मन्त्रालय परेको भएपनि अन्य मन्त्रीको नाम भने गोप्य राखिएको छ । परराष्ट्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि कांग्रेसको भागमा परेको छ ।

त्यस्तै दुई मन्त्रालय पाएको नेकपा (एकिकृत समाजवादी)ले डा. बेदुराम भुसाल र प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । भुसालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ज्वालाले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्ने भएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १२ : ३८ बजे