४ बैशाख २०८३, शुक्रबार Sat Apr 18 2026

पूर्व माओवादीहरूलाई एक ठाउँमा आउन डा. बाबुराम भट्टराईको आग्रह



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरूलाई एक ठाउँमा आउन आग्रह गरेका छन् ।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आज (आइतबार) राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू माओवादीमा आइसकेको जानकारी गराउँदै अरुलाई पनि एक ठाउँमा आउन आग्रह गरेका हुन् ।

उनले भने, ‘हामी फेरि एक ठाउँमा आउनुपर्छ मैले त आफ्नो मन बनाइसकेको छु, आफ्ना साथीहरूलाई भनिसकेको छु । हामी चाहिँ एकैचोटी पार्टी एकता मात्रै भनेर गल मिलाउनुभन्दा पनि वहस गरौँ पहिला एक ठाउँ जम्मा हौँ, समीक्षा गरौँ, कहाँ–कहाँ क–कस्तो गल्ती भयो समीक्षा गरौँ, एउटै पार्टी बनाऔँ, समय लाग्छ भने पहिला एउटा मोर्चा बनाऔँ त्यो पनि सकेनौँ भने कार्यगत एकता गरौँ ।’

पूर्वप्रधानमन्त्री समेत रहेको डा। भट्टराईले माओवादीका मुद्दामाथि आक्रमण भइरहेको भन्दै एक ठाउँमा आउनुपर्ने बताए । जनयुद्धलाई चाहिँ अहिले अपराधिकरण गर्ने प्रयास भइरहेको उनको भनाइ थियो ।

उनले भने( अहिले माओवादीका मुद्दामा आक्रमण भइसकेको छ । जनयुद्धलाई चाहिँ अहिले अपराधिकरण गर्ने प्रयास भएको छ । बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो रु यो निउँ खोजेको होइन रु तीन वर्ष अगाडिको भनाइको एउटा समान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने भनेको त्यो निउँ खोजेको होइन रु जिस्केको होइन, त्यो । हो यस्तो कुरामा हामी सहकार्य गरौँ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ३ : २२ बजे