१० असार २०८३, बुधबार Wed Jun 24 2026

माधव नेपालका भाइ सरोजको निधन



काठमाडौं । एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।

उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।सिभिलबाट थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएपछि सरोजको निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिए ।

पेशाले इन्जिनियर समेत रहेका उपाध्याय नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पनि थिए । उपाध्याय लडेपछि घाइते अवस्थामा दुई युवकले सुरुमा सिभिल अस्पताल लगेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १० : ३५ बजे