२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

नामाकारणको खुसीयाली मनाउँदै कोशी प्रदेशमा आज सार्वजनिक बिदा



काठमाडौं ।कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ। प्रदेशको नामकरण भएको खुशीयालीमा सार्वजनिक बिदा दिइएको हो।

मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशका सचिव उमेश बस्नेतले बताए।

बुधबार नै प्रदेश सभाले दुई तिहाई बहुमतका साथ नाम टुंगो लगाएको थियो।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ८ : ०९ बजे