२७ असार २०८३, शनिबार Sat Jul 11 2026

प्रतिनिधिसभाको बैठक स्थगित



काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मलाई स्थगित भएको छ।

बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक अन्तिम समयमा चैत ५ सम्मलाई सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्।

बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक विशेष कारण बस्न नसक्ने भएकाले चैत ५ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले बताए।

बुधबार बस्ने भनिएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची थियो।

आईपीयुको १४६ औँ बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन जाँदैछन्।

आईपीयु बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा सहरमा हुँदैछ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १२ : ०३ बजे