३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा.सापकोटा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन्।

प्रधानमन्त्रीको सचिवालयलका अनुसार उनी फागुन १ गतेदेखि उनी परराष्ट्र सल्लाहकारमा नियुक्त भएर निरन्तर काम गरिरहेका छन् ।

चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका डा ।रुपक पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन्।
उनले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन्।

साथै, त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनिति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा नयाँ रणनीति अख्तियार गर्नुपर्ने विश्लेषण उनको रहेको छ ।

अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक समेत रहेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ३ : ०१ बजे