४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

ललितपुर महानगरद्वारा बर्डफ्लु फैलिने नदिन सतर्कता अपनाउन आग्रह



काठमाडौं । ललितपुर महानगरपालिकाले काठमाडौं उपत्यकामा बर्डफ्लु देखिएपछि फैलिने जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

घरपालुवा पक्षीलाई खुला नछोड्न र जङ्गली तथा अन्य चराहरुको सम्पर्कमा पुग्न नदिन, पशुपंक्षी फार्ममा जैविक सुरक्षा घेरोको व्यवस्था गर्न, मरेका पंक्षीलाई गहिरो खाल्डोमा पुर्न तथा प्रयोग भइसकेका पुराना क्रेट, बोरा जस्ता सामग्री आफ्नो फार्ममा प्रयोग नगर्न र अस्वाभाविक रुपमा पंक्षी बिरामी भएमा तत्काल नजिकैको पशुसेवा कार्यालयमा सूचना दिन आग्रह गरिएको छ ।

काठमाडौँ उपत्यकामा अहिले पंक्षीको टाउको सुन्निने, सिउर लोती निलो, कालो हुने र धेरै संख्यामा एकै पटक मर्ने जस्ता समस्या देखिएको छ । बर्डफ्लु अत्यन्तै छिटो फैलिने र मानिसमा समेत सर्न सक्ने रोग भएकाले सचेत हुन विज्ञको आग्रह छ । काठमाडौँ उपत्यकाका तीन ठाउँमा बर्डफ्लु पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १२ : १३ बजे