२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

कैलाली डिभिजन कार्यालयका वन अधिकृत पुर्ण ७ लाख घुससहित पक्राउ



कैलाली । डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको सुदुरपश्चिम टोलीले घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयबाट खटिएको टोलीले यादवलाई नगद घुस रकमसमेत नियन्त्रणमा लिएको पालिकासमयलाई जानकारी गराएको छ ।

यादवको साथबाट घुसबापत लिएको नगद ७ लाख ३१ हजार रूपैयाँ समेत बरामद गरिएको छ ।

यादवलाई अख्तियारको टोलीले धनगढीस्थित डिभिजन वन कार्यालयबाटै पक्राउ गरिएको जनाएको छ  ।

पछिल्लो समय वन कर्मचारी , सामुदायिक वनका पदाधिकारी र काठ व्यापारीको राम्रै मिलेमतो हुने गरेको देश्व्यापी पाइएको छ । हरियो वन नेपालको धन होइन हरियो वन कमाइ खाने थलो उखान लोकप्रिय छ । एकीकृत वनको परिकल्पना गरे मात्र भ्रस्टाचार कम हुने लामो समय वन क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुको भनाई रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ११ : २७ बजे