काठमाडौं । मेयर नागेश कोइरालाले हाजिर हुन नदिएपछि विराटनगर महानगरपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । कार्यालय कायम मुकायम प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको छ ।
विराटनगर महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले फागुनमा अवकाश पाएपछि रिक्त रहेको स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव रामचरित्र मेहतालाई पठाएको थियो ।
गत वैशाख ९ गते मेहतालाई पठाउने निर्णय भएपनि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हाजिर नगराउने अडान लिए। उनले आफूसँग सल्लाह नगरेर पठाएको भन्दै असन्तुष्टि जनाएका थिए ।