२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

शहीद राधेश्याम जोन्छेज्यु लाई मन्त्री बनाउन चाहन्थे तर सकिन : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् ।

आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औँ पुण्यतिथिमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै देउवाले जोन्छेको जीवनीबाट प्रेरणा लिएर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका हुन् । 

आफूले जोन्छेलाई मन्त्री बनाउन चाहेको भए पनि बनाउन नसकेकोप्रति दुःख व्यक्त गरे । सभापति देउवाले भने, ‘उहाँका सम्बन्धमा हामीले अझै केही किताब लेख्नु छ । देशभर नै उहाँको प्रचार गर्नु छ । भोलिका युवाले उहाँको प्रेरणाबाट धेरै कुरा सिक्न सक्छन् ।

उहाँका धेरै कामहरूको चर्चा गर्न जरुरी छ । म त अझ मन्त्री बनाउन चाहन्थेँ उहाँलाई । उहाँले राम्रो काम गर्नुभएको छ । उहाँकाप्रति सम्मान मात्रै गर्ने होइन, उहाँको उदारताबाट प्रेरणा लिएर हाम्रो पार्टीलाई बलियो बनाउनुपर्छ ।’

सभापति देउवाले शहीद जोन्छेको जीवनीबाट प्रेरणा लिन जरुरी रहेको बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ५ : ४७ बजे