२४ बैशाख २०८३, बिहिबार Thu May 7 2026

एमाले सांसद जानकी बमको आर्थिक लेनदेन गरेको अडियो सार्वजनिक



काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाकी सांसद तथा नेकपा (एमाले) की सचेतक जानकी ऐर (बम) को एक नेपाली सेनाको लिखित परिक्षामा नाम निकालिदिने भनी एक व्यक्तिसँग आर्थिक लेनदेन गरेको अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्तमा हलचल मच्चिएको छ।

सार्वजनिक अडियोमा ऐरले नेपाल आर्मीमा भर्ती गराइदिने भन्दै एक सर्वसाधारणसँग रकम माग गरेको स्पष्ट सुनिन्छ।

अडियोमा सांसद ऐरले आफ्नै स्वरमा एक व्यक्तिलाई “काम मिलाइदिन्छु, पैसा चाहिन्छ” भनी रकमको आग्रह गरिरहेको सुनिन्छ। यो अडियो सार्वजनिक भएसँगै नेकपा (एमाले) भित्र समेत आन्तरिक आलोचना सुरु भएको छ भने सामाजिक सञ्जालमा सर्वसाधारणको चर्को आक्रोश देखिएको छ।

सांसद ऐर, जो २०७९ सालको प्रदेशसभा निर्वाचनमा समानुपातिक (खस आर्य) कोटाबाट प्रदेश सांसद बनेकी थिइन् । अघिल्लो माओवादी आन्दोलनमा भूमिगत राजनीतिमा समेत सक्रिय थिइन्। उनले ०६१ देखि ०७३ सम्म माओवादी राजनीतिमा विभिन्न तहमा काम गरेकी थिइन्।

०७४ सालमा पुरर्चौडी नगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि एमालेमा सक्रिय भएकी ऐर अहिले नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यसमेत हुन् ।

उनै सांसद ऎरको काठमाडौं अनामनगरमा रेस्टुरेन्ट समेत चलाउदै आएकी छ्न ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  २ : २३ बजे