१ बैशाख २०८३, मंगलबार Wed Apr 15 2026

फेदीखोला गाउँपालिका कुभिण्डेमा भएको दुर्घटनामा परि गम्भीर घाइते भएकी युवतीको मृत्यु



काठमाडौं । स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका १ कुभिण्डेमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको हो । 

शुक्रबार बिहान स्याङ्जाबाट पोखरा आउँदै गरेको ना४ख ९३३१ नम्बरको ट्रकसँग सोही दिशातर्फ गुडिरहेको एएबी ०२४३ नम्बरको स्कुटर ठोकिएको थियो । 

दुर्घटनामा पुतलीबजार १३ लाम्पाटाकी २४ वर्षीय जीतमाया थापाको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  १ : ०२ बजे