१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

सबैभन्दा धेरै बजेट जनकपुरधाम उपमहानगरपालिकालाई, अरूले कति पाए ?



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि देशभरका ११ वटा उपमहानगरपालिकालाई ११ अर्ब ५९ करोड २० लाख रुपैयाँ अनुदान दिने भएको छ । 

अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकमअनुसार चालु आर्थिक वर्षको तुलनामा यस्तो बजेट ५.८९ प्रतिशतले कमी हो । 

चाल आर्थिक वर्षमा उपमहानगरपालिकाहरूका लागि ११ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । 

आगामी वर्षका लागि सबैभन्दा धेरै बजेट पाउने उपमहानगर जनकपुरधाम हो भने सबैभन्दा थोरै बजेट बुटवलले पाएको छ । 

जनकपुरधामले आगामी वर्षका लागि १ अर्ब ३३ करोड ६९ लाख रुपैयाँ बजेट पाएको छ । यो चालु वर्षको तुलनामा २९.९९ प्रतिशतले बढी हो । चालु वर्ष यो उपमहानगरपालिकाले १ अर्ब २ करोड ८५ लाख रुपैयाँ बजेट पाएको थियो । 

यस्तै सबैभन्दा थोरै बुटवललाई ८४ करोड ८३ लाख विनियोजन भएको छ । चालु वर्षमा यो उपमहानगरपालिकाले ८६ करोड ४२ लाख बजेट प्राप्त गरेको थियो । अर्थात् चालु वर्षको तुलनामा १.८४ प्रतिशतले घटेको हो । 

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ४ : १६ बजे