२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

नक्कली नोटसहित रातोमाटेबाट एक जना पक्राउ



मकवानपुर, २५ वैशाख ।  हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट सहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ४२ वर्षीय रामकृष्ण अधिकारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी चालक अधिकारीलाई पक्राउ गरेको हो । 

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ५ : ०३ बजे