२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फलेवासका सुर्य पक्राउ



पर्वत, २५ वैशाख । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फलेवास नगरपालिका-६ साङ्खोला बस्ने ३५ वर्षीय सूर्य नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । 

नेपालीले ती बालिकालाई आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ३ : ५१ बजे