३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

पोखरा महानगर ४ का वडा अध्यक्ष देवकृष्ण पक्राउ



काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन्।

उनलाई पोखराबाटै बुधबार अपरान्ह्र ४ बजे पक्राउ गरिएको हो।

उनीविरूद्ध मंगलबार वडा नम्बर ४ कै व्यवसायी लेखनाथ सुवेदीले अभद्र व्यवहारको जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : ३५ बजे