बैशाख १७, २०८२ बुधबार Wed Apr 30 2025

नुहाउने क्रममा कैलालीको कान्द्रा नदिमा बालकको मृत्यु



काठमाडौं । कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका-११ को सिसैयामा कान्द्रा नदीमा डुबेर सोही ठाउँका १३ वर्षीय उपेन्द्र कडायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले नुहाउने क्रममा डुबेर बेपत्ता भएका कडायतको शव फेला परेको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ८ : ५४ बजे