काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा काङ्ग्रेस निकट भुवन गुरुङ विजयी भएका छन् ।
शनिबार अबेर सम्पन्न मतगणनामा प्रतिस्पर्धी नरेश गेलाललाई ६१ मतान्तरले पराजित गर्दै गुरुङ अध्यक्षमा विजयी भएका हुन् ।

बिजयी गुरुङले ४२८ मत पाउँदा गेलालले ३६७ मत मात्र प्राप्त गरे ।

यसैगरी संघको प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खुलाल, तृतीय उपाध्यक्षमा बैकुण्ठ पौडेल, महासचिवमा महेश कुमार बस्नेत, सचिवमा कुन्छादोर्जे डिमदोङ र कोषाध्यक्षमा धनमाया सिंजाली विजयी भएका छन् ।