२८ आश्विन २०८३, बुधबार Wed Oct 14 2026

शिक्षा र प्रहरीको कानुन बनाउन नसक्दा लज्जा भइरहेको छः महामन्त्री थापा



काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले शिक्षा बिधेयक बनाउन नसक्नु लज्जाको बिषय बनेको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ को अधिवेशनलाई सम्बोधन गर्दै थापाले शिक्षा र प्रहरी सबन्धी कानुन निर्माण गर्न नसक्नु लज्जाको बिषय भएको बताएका हुन् ।

‘संबिधान जारी भए लगत्तै ३–४ बर्ष अगाडी नै शिक्षा र प्रहरी सबन्धी कानुन बनाइसक्नु पर्दथ्यो, त्यो बनाउन नसक्नु लज्जाको बिषय हो,’ थापाले भने, ‘बेलैमा बनाएर दिएको भए अहिले शिक्षकहरू आन्दोलनमा आउनु पर्दैनथ्यो ।’ उनका अनुसार कानुन बनाउन ढिलाईमा कांग्रेसको पनि भागिदार हुनु पर्छ । 
 

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  १२ : ४५ बजे