२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

गौरमा सांसद अमरेश सिंहको पुतला दहन



रौतहट, २५ फागुन । संघीय सांसद अमरेशकुमार सिंहको रौतहटको सदरमुकाम गौरमा पुतला दहन गरी प्रर्दशन भएको छ। 

सांसद सिंहले शुक्रवार सदनमा मेयर शम्भु साहविरुद्द गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनको समर्थकसँगै गौर नगरपालिकाका पदाधिकारीहरुले  नाराबाजी गर्दै विपी चौकमा पुतला दहन गरेका हुन् ।

गैर जिम्मेवारपूर्ण अभिव्यक्ति प्रती नगरको उपप्रमुख, नगरप्रवक्ता, वडाध्यक्षहरु, वडा सदस्य, तथा स्थानीयहरुले सांसद सिंह  मुर्दावाद,  भगौडा साँसद अभिव्यक्ति फिर्ता लिएर गौरवासीसँग माफी माग भनेर नारा लगाएका थिए।

प्रदर्शनकारीहरु ब्यानर, प्ले कार्ड बोकेर पुतला दहन गर्दै गौरबासी सँग सांसद सिंहले अविलम्ब माफी नमागेमा उनी विरुद्ध कानुनी कारवाहीको प्रक्रियामा जाने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ११ : ५४ बजे