मन्त्रालयको पत्रपछि तनावमा देखिएका बालेनले गुरागाईँलाई महानगरमा हाजिर गराउँदा नकारात्मक असर पर्ने भन्दै हाजिर गर्न नसक्ने व्यहोराको पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको छ । यसले पनि बालेन आफूलाई थप शक्तिशाली दोखाउन चाहेको स्पष्ट हुन्छ ।
काठमाडौँ । काठमाडौ महानगरपलिकाका मेयर बालेन्द्र साह उर्फ बालेन जहिल्यै विवादमा आइरहन्छन् । मनमौजी तरिकाले चल्ने बालेन जे कुरामा पनि आफ्नो निर्णय मात्र सर्बोपरी ठान्ने गर्दछन् उनले आफूबाहेक अरुलाई राम्रो देख्ने नजर नै छैन भन्दा हुन्छ । उनी आफ्नै महानगरपालिकाभित्र रहेको सिंहदरबार भित्र बस्ने मान्छेलाई बैरीको ब्यबहार गर्छन । देशको बागडोर सम्हालेर बसेको प्रधानमन्त्रीसमेत लाई चुनौति दिने गर्दछन् ।
पछिल्लो समय उनी महानगरको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई भ्रस्टाचारमा डामेर चर्चामा आए । पछि छानबिन गर्दा निर्दोष देखिएका गुरागाईँलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन भन्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेपछि अब गुरागाईं पुनः गएर काम गर्ने बताईरहँदा महानगरले चाहि उनलाई हाजिर नै नगराउने भएको छ ।
मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका गुरागाईँलाई महानगर प्रमुख बालेनले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो ।
मन्त्रालयको पत्रपछि तनावमा देखिएका बालेनले गुरागाईँलाई महानगरमा हाजिर गराउँदा नकारात्मक असर पर्ने भन्दै हाजिर गर्न नसक्ने व्यहोराको पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको छ । यसले पनि बालेन आफूलाई थप शक्तिशाली दोखाउन चाहेको स्पष्ट हुन्छ ।
गुरागाईंले पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेपछि मन्त्रालयले यस्तो आग्रह गर्दै पत्राचार गरेको थियो । बालेनले यसअघिका प्रमुख प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीमाथि पनि यस्तै खाले दुर्व्यवहार भएको जानकारहरु बताउँछन् । यसरी कर्मचारीमाथि आफ्नै खाले हैकम चलाउन खोजेपछि मेयर बालेनको चौतर्फी आलोचना समेत हुन थालेको छ ।

