सुनसरीको इनरुवा नगरपालिका–८ स्थित हरिकूल एकेडेमीमा बिहीबार विद्यार्थीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउँदै स्वास्थ्यकर्मी । कक्षा ६ देखि १० सम्मका छात्रा एवं विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर एचपिभी खोप अभियान जारी छ ।
तस्बिर: नवीन गड्तौला/रासस