चैत्र १४, २०८१ बिहिबार Thu Mar 27 2025

जसपा नेपालले भुमि सम्बन्धि अध्यादेशको विपक्षमा मतदान गर्ने



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारले ल्याएको भुमी सम्बन्धि अध्यादेशको विपक्षमा उभिने भएको छ ।

केपी ओली नेतृत्वको सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये ५ अध्यादेशमा सकारात्मक देखिए पनि जसपा नेपाल भूमिसम्बन्धी अध्यादेशका बारेमा भने सुरू देखी नै फरक मत राख्दै आएको थियो ।

मंगलबार बसेको जसपा संसदीय दलको बैठकले सो अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मृगेन्द्रकुमार सिंहले सञ्चारकर्मीसँग भने ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ३ : ०१ बजे