काठमाडौं । कैलाली जिल्लाको भल्कामा रहेको लम्कीचुहा नगरपालिकाको नवनिर्मित भवनको आज एक समारोहकाबीच उदघाटन भएको छ ।

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको उपस्थितमा भवनको उदघाटन भएको हो । यो नयाँ भवनबाट नगरबासिहरुलाई सेवासुविधा प्रदान गर्न सहज हुने अपेक्षा राखेको मन्त्री राणाले आफ्नो मन्तव्यमा व्यक्त गर्नुभयो ।

साथै नगरप्रमुख सुशिला शाहिले नगरबासिको सेवासुविधा र विकासको काममा निरन्तर खटिरहने र आफु एक नगरबासिको लागि सेवक भएको आफ्नो मन्तव्यमा व्यक्त गर्नुभयो ।

