काठमाडौं । सहाकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा म्याग्दीका जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।
उनीसहितको समूहमाथि म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिना गरेको आरोप छ ।
उक्त सहकारी ठगीको सम्बन्धमा गत जेठमा उजुरी परेको थियो ।
सो सहकारी अपचलन सम्बन्धमा सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले छानविन गरेको थियो ।
उक्त छानविन प्रतिवेदनले थापा नेतृत्वको समितिले सर्वसाधरणको बचत अपचलन गरेको निष्कर्ष निकालेको थियो । प्रतिवेदनमा थापालाई सहकारी ठगीको मुख्य योजनाकार उल्लेख गरिएको छ ।
थापा नेकपा (एमाले) का नेता हुन् ।