फाल्गुन ५, २०८१ सोमबार Mon Feb 17 2025

सहकारी क्षेत्रमा रहेका विकृति अन्त्य गर्न जरुरी छ : देउवा



काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरूको रकमको ग्यारेन्टी आजको आवश्यकता भएको बताएका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गर्न जरुरी रहेको बताए ।

उनले वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरू सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  २ : ०४ बजे