काठमाडौँ । गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका ७ जना कर्मचारीलाई अधिकृत स्तर सातौँ तहमा बढुवा गरेको छ।

बढुवा समितिको १०, ११, १३, १५ गते बसेको बैठकमा स्थानीय इन्जिनियरिङ सेवा अन्तर्गत सिभिल इन्जिनियरिङ र स्थानीय कृषि सेवाका, कृषि अधिकृत/भेटेरिनरी/पशु चिकित्सक/स्थानीय प्रशासन सेवा अन्तर्गत प्रशासन/प्रशासकीय/शिक्षा प्रशासन समूहका पदमा बढुवा गर्ने निर्णय गरेको हो ।