पोखरा महानगरपालिकाको ३९ औँ कार्यपालिका बैठकमा विज्ञ समूहले गरेको रिपोर्टिङ अनुसार फेवातालको क्षेत्रफल १ हजार रोपनी बढ्नेछ
काठमाडौं । पोखरा घुम्न आउने पर्यटकहरूको एउटा मुख्य गन्तव्य हो फेवाताल । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार दिनमा औसत २५ भन्दा बढी जिज्ञासा, प्रश्न र सुझाव फेवातालको बारेमा आउँछ । फेवाताल सबैको चर्चाको विषय बनेको छ, कारण हो– सर्वोच्च अदालतको फैसला र आदेश
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा गठित समितिमा पोखराका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरू, नापी र मालपोत कार्यालयका प्रमुख सदस्य छन् ।
पोखरा महानगरपालिकाको ३९ औँ कार्यपालिका बैठकमा विज्ञ समूहले गरेको रिपोर्टिङ अनुसार फेवातालको क्षेत्रफल १ हजार रोपनी बढ्नेछ । पोखरा–१२ का अध्यक्ष सन्तोष बास्तोला भन्छन्, ‘तालको आकार बढ्ने गरी नयाँ प्रतिवेदन बनेको रहेछ । प्रतिवेदन लगभग अन्तिम चरणमा पुगेको छ ।’