३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

समाजवादी प्रेस संगठनका मुख्य नेतृत्व नै चौतारीमा,माधव नेपाललाई ठुलो झड्का !



काठमाडौ। नेकपा एस निकट समाजवादी प्रेस संगठनको मुख्य नेतृत्व नै प्रेस चौतारी नेपालमा प्रवेश गरेको छ । माधव नेपालसंगै एमाले विभाजनमा सहयोग गरेका पत्रकारको मुख्य टोली शुक्रबार विधिवत रुपमा चौतारी प्रवेश गरेको हो । एमाले जनवर्गिय संगठन प्रेस चौतारी नेपाल विभाजन गरेर समाजवादी प्रेस संगठन स्थापना गर्ने समूहका नेताहरू शुक्रबार चौतारीमै फिर्ता भएका हुन् ।

यसरी समाजवादी प्रेस संगठन छोडेर चौतारी प्रवेश गर्नेमा अध्यक्ष विश्वमणि सुवेदी, वरिष्ठ नेता नरेन्द्र साउद, सल्लाहकार माधव पाैडेल, महासचिव रामकुमार एलन,  सचिव नेपाेलियन चेपाङ, काेषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरु शिव सुवेदी, साैगात मिश्र,नरेन्द्र विष्ट,यज्ञ थापा लगायत छन् ।

यस्तै प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेशका अध्यक्ष आशिष गुरागाईं समेत रहेका छन् । उनी  नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव हुन् ।

त्यसका लागि प्रेस चौतारी नेपालले हार्दिक होटलमा एक शुक्रबार विशेष कार्यक्रमको आयोजना गरेको थियो । चौतारी प्रवेश गर्नेहरुलाई एमालेका महासचिव शंकर पोखरेल , प्रचार बिभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरुे स्वागत गरेका थिए।


समाजवादी प्रेस संगठनले भने चौतारी प्रवेश गरिसकेका अध्यक्ष बिश्वमणि सुवेदीलाई कारबाही गरेको जनाएको छ । संगठनका उपाध्यक्ष नवराज छत्कुलीले एक विज्ञप्ति प्रकाशित गर्दै शुक्रबारै उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ४ : ४८ बजे