१३ श्रावण २०८३, बुधबार Wed Jul 29 2026

शपथ लिंदै गर्दा पक्राउ परेका वडाध्यक्ष साह जेल चलान



उनीहरूलाई जबर्जस्ती करणी गरी कर्तव्य ज्यान र व्यक्ति बेपत्ता सम्बन्धी अभियोग लागेको छ। साह मंसीर २० मा वडाध्यक्षको शपथ लिंदै गर्दा पक्राउ परेका थिए।

काठमाडौं । जिल्ला अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले वडाध्यक्ष धिरेन्द्र कुमार साह सहित दुई जनालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि वडाध्यक्ष साह सहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि जेल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नवनिर्वाचित वडाध्यक्ष सहित ६ जना विरुद्ध दुई वटा मुद्दा दर्ता भएका छन्। उनीहरूलाई जबर्जस्ती करणी गरी कर्तव्य ज्यान र व्यक्ति बेपत्ता सम्बन्धी अभियोग लागेको छ। साह मंसीर २० मा वडाध्यक्षको शपथ लिंदै गर्दा पक्राउ परेका थिए।

उनी सहितको समूहले सन्तोषीकुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ। आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नीतीशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : ०९ बजे